सात जना थपिए, तीन जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा सात जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा एक सय १६ जनाको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो । कोरोना देखिएका सात जनामध्ये बाँकेका पाँच जना रहेका छन् ।
भेरी अस्पतालमा ५० जनामा तीन जना र कोहलपुर मेडिकल कलेजमा ४५ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
शुक्रबार बाँकेमा तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !