७२ वर्षीय थारु पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले लागु औषधी मुद्दामा ७२ वर्षीय बुधराम भन्ने बुधवा थारुलाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १० का थारुलाई प्रहरीले पक्राउ गरेर अदालतसमक्ष बुझाएको छ । थारुलाई जिल्ला अदालतले २०७७ मंसीर १५ गते एक वर्ष चार महिना एक दिन कैदको फैसला सुनाएको थियो ।
यसैबीच, बाँके प्रहरीले एक लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, ट्राफिक चोक नजिकबाट प्रहरीले लेडिज कपडा, गहु, युरिया मल तथा गणेशमानचोक नजिकबाट ताला चाबी र मोजा बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बुझाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !