कोरोनाबाट थप एकको मृत्यु, ६ जना थपिए

नेपालगञ्ज – बाँकेमा शनिबार ६ जना कोरोना संक्रमित थपिएका छन् । यहाँका तीन वटा ल्याबमा ८४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ३० जनामा चार जना र कोहलपुर मेडिकल कलेजमा ३५ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १९ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । कोरोना देखिएका ६ जनामध्ये बाँके जिल्ला निवासी दुई जना रहेका छन् ।
बाँकेमा कोरोना सक्रिय संक्रमित ३० जना रहेका छन् । सिकिस्त विरामी ६ जना, मध्यम खालका ११ जना र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
बाँकेमा दैनिक कोरोनाको जाँच भइरहेको छ । प्रत्येक दिन नै कोही न कोहीलाई कोरोना देखा परिरहेको छ । यद्यपि, कोरोना जाँच गर्ने र संक्रमित हुनेको संख्यामा कमी आएको छ ।
यसैबीच, शनिबार भेरीमा थप एक जनाको मृत्यु भएको छ ।
कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ५ का ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
लम्कीचुहाका बृद्धलाई कात्तिक २३ गते पीसीआर गरिएको थियो । त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो ३.२० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ३० जना पुगेको छ । आज विहान नै दाङका ४५ वर्षीया महिलाको कोरोनाबाट भेरीमा मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !