कोरोनाबाट महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोनाबाट बर्दियाका ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दुई दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ४ का ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
कात्तिक २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको गतराती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ४ सय ३१ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !