कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नं. १० का ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी महिलाको आज विहान १० बजे मृत्यु भएको हो । भर्ना भएको दश दिनपछि उनको मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय २९ जना पुगेको छ ।
जिल्लामा प्रत्येक दिन नै थोरै संख्यामा संक्रमित थप भइरहेका छन् । जिल्लामा सक्रिय संक्रमित २८ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !