अम्बेले ल्यायो भिवोनको कुर्सी
नेपालगञ्ज – के तपाईलाई लामो समयसम्म कुर्सीमा बसेर काम गर्नु पर्ने छ ? या दैनिक ६÷७ घण्टा कुर्सीमा बसेर काम गरिरहनु भएको छ । यदि लामो समय कुर्सीमा बसेर काम गर्नुपर्ने छ भने भिवोनको कुर्सी किनिहाल्नुस् है ! यो आरामदायी छ ।
पश्चिम नेपालमा नेपालगञ्जको अम्बे फर्निसिङ गार्डेनले भिवोन कुर्सी बेच्न शुरु गरेको छ । स्वास्थ्यलाई पूर्ण रुपमा मध्यनजर गरेर यो कुर्सी बनेको छ । यो कुर्सीमा लामो समयसम्म बस्दा पनि ढाड वा शरीरका कुनै अंगमा समस्या नआउने सम्बद्धहरु बताउँछन् ।
अम्बे फर्निसिङ गार्डेनका सञ्चालक पंकज श्रेष्ठ, इन्जिनियर विवके लामिछाने, भिवोन चियरका कन्ट्री सेल्स मेनेजर प्रवीण श्रीवास्तवले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर कुर्सीको महत्वका बारेमा प्रकाश पार्नु भएको छ ।
भारतको पुनेमा भिवोन कम्पनी छ । त्यही यो कुर्सी बन्ने गर्दछ । नेपालमा यसका ३२ वटा डिलर रहेका छन् । काठमाडौं भ्यालीबाहिर १८ वटा डिलर छन् । पश्चिम नेपालमा अम्बे फर्निसिङले यो कुर्सी बेचिरहेको छ ।
अम्बे फर्निसिङका सञ्चालक श्रेष्ठले ७ हजार आठ सयदेखि एक लाख २९ हजारसम्मका भिवोनका कुर्सी रहेको जानकारी दिनुभयो । कुर्सीको दुई वर्षको ग्यारेन्टी रहेको छ । नेपालगञ्जमा चाडै नै भिवोन सर्भिस सेन्टर सञ्चालन ल्याइदैछ ।