५ जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा शुक्रबार ५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ८० जनाको परीक्षण गर्दा ५ जना संक्रमित थपिएका हुन् । थपिएका ५ जनामा बाँके जिल्ला निवासी दुई जना रहेका छन् ।
भेरी अस्पतालमा ४६ जनामा चार जना, कोहलपुर मेडिकल कलेजमा २१ जनाको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
शुक्रबार बाँकेबाट दुई जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !