भन्सार छलेर ल्याएको सामान बरामद
नेपालगञ्ज – बाँके प्रहरीले भन्सार छलेर ल्याएको ५६ हजार बराबरको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बाट प्रहरीले लत्ताकपडा, सुपारीलगायतका सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामान भन्सार कार्यालय बुझाएको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट भन्सार छलेर कारोबारीले छोटी नाकाहरुबाट सामान भित्र्याउने गरेको पाइन्छ ।