सात जना थपिए, ६ जना घर गए

नेपालगञ्ज – बाँकेमा सात जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ७१ जनाको परीक्षण गर्दा सात जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३० जनामा दुई जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा चार जना र बागेश्वरी ल्याबमा ७ जनाको जाँच गर्दा एक जनालाई कोरोना देखिएको छ ।
कोरोना पुष्टि भएका सात जनामध्ये बाँके जिल्ला निवासी तीन जना रहेका छन् । जिल्लामा बुधबार ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !