कोरोनाबाट एकको मृत्यु, सात जना थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सात जना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली भजनी नगरपालिका वडा नं. ५ का ३३ वर्षीय पुरुषको बुधबार विहान भेरी अस्पतालमा मृत्यु भएको छ । कात्तिक ११ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ५.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय २८ जनाको मृत्यु भएको छ ।
जिल्लामा बुधबार सात जना संक्रमित थपिएका छन् । दुई वटा ल्याबमा ३४ जनाको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो । कोरोना देखिएका सात जनामध्ये तीन जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा ६ जना र कोहलपुर मेडिकल कलेजमा ११ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बाँकेमा बुधबार दुई जना डिस्चार्ज भएका छन् । यहाँ सक्रिय संक्रमित ४१ जना रहेका छन् । सिकिस्त विरामी ५ जना, मध्यम विरामी ८ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !