१६ बोरा तम्बाखु बरामद

नेपालगञ्ज – बाँके प्रहरीले भारततर्फ लैजान थालेको ठूलो मात्राको तम्बाखु बरामद गरेको छ ।
बाँके प्रहरीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, पिप्रहवाबाट १६ बोरा तम्बाखु बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाबाट खटिएको प्रहरीले सूर्तीजन्य पदार्थ तम्बाखु नियन्त्रणमा लिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !