नौ जनामा देखियो कोरोना
नेपालगञ्ज – बाँकेमा नौ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ७८ जनाको परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ४७ जनामा ६ जना, कोहलपुर मेडिकल कलेजमा १५ मा दुई र बागेश्वरी ल्याबमा १६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । कोरोना पुष्टि भएका नौ जनामध्ये बाँके जिल्ला निवासी सात जना रहेका छन् ।
बाँकेमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । सोमबार बाँकेबाट ५ जना डिस्चार्ज भएका छन् ।