आठ जना थपिए, सात जना निको भए

नेपालगञ्ज – बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ४१ जनाको परीक्षण गर्दा ८ जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा २५ जनामा चार जना, कोहलपुर मेडिकल कलेजमा ५ जनामा तीन जना र बागेश्वरी ल्याबमा ११ जनामा एक जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका आठ जनामध्ये पाँच जना बाँके जिल्ला निवासी रहेका छन् ।
जिल्लामा बुधबार सात जनाले कोरोनालाई जितेका छन् । सात जनालाई डिस्चार्ज गरिएको छ । जिल्लामा अब ४९ जना सक्रिय संक्रमित रहेका छन् । ७ जना सिकिस्त, नौ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !