श्रीमानसँगको झगडापछि राप्ती नदीमा हाम फालिन् दिपा
नेपालगञ्ज – राप्ती नदीको पुलबाट हाम फालेर एकजनाले आत्महत्या गरेका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का २० वर्षीया दिपा थारुले नदीमा हाम फालेर ज्यान फालेकी हुन् । प्रहरी प्रवक्ता न्यौपानेले श्रीमान र श्रीमतीका बीचमा झगडा भएपछि दिपाले राती दुई बजे राप्ती नदीको अगैयाको सिक्टा ड्यामको पुलबाट हाम फालेको बताउनुभयो ।
दिपाको शव विहान भेटिएको थियो । प्रहरीले घटनाकाबारेमा अनुसन्धान शुरु गरेको बताएको छ ।