कोरोनाबाट ४८ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके खजुरा गाउँपालिका वडा नं. ३ का ४८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
कात्तिक ३ गते भेरीमा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि ५ गते भर्ना गरिएको थियो । उनको आज विहान ७.५० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संखया ३ सय ३८ पुगेको छ ।