५ जना थपिए, तीन जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेमा ५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार नै तीन जना कोरोना जितेर घर फर्किएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका दुई वटा ल्याबमा ३७ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकामध्ये बाँके जिल्ला निवासी दुई जना रहेका छन् ।
कोहलपुर मेडिकल कलेजमा १३ जनाको परीक्षण गर्दा दुई जना र बागेश्वरी ल्याबमा २४ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ ।
जिल्लामा ४२ जना सक्रिय संक्रमित रहेका छन् । सिकिस्त आठ जना, मध्यम १० जना र भेन्टिलेटरमा तीन जना रहेका छन् ।