कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतले कैद र जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का रिसवान थारु र यज्ञ राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । रिसवान र यज्ञलाई जिल्ला अदालतले २०७७ माघ २६ गते जनही एक वर्ष एक दिन कैद र एघार हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनीहरु फरार थिए ।
प्रहरीले दुवै जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !