कम्युनिष्टसँग मिलेर चुनावमा जाने पक्षमा छैनौ – पौडेल

नेपालगञ्ज – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको नेतृत्व गर्दै सरकारमा सहभागी भए पनि अगामी निर्वाचन एक्लै लड्ने पक्षमा रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले कम्युनिष्टसँंग मिलेर चुनावमा जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यकर्ता भेटघाट समेत गदै हिडेका बरिष्ठ नेता पौडेलले अहिले कांग्रेसको बैधानिकता माथि नै प्रश्न उठन थालेकाले फाष्ट ट्रयाकबाट जसरी पनि निर्धारित समयमै महाधिबेशन गराउनु पर्ने आफ्नो रहेको उल्लेख गर्दैै नेपालगञ्जबाट फर्किए लगतै सभापति शेरबहादुर देउवालाई मंसीर भित्रै महाधिबेशन गर्न सुझाव दिने बताउनुभयो ।
नेता पौडेललले एक अर्को प्रसंगमा सम्पूर्ण कार्याकर्ताको सझा तथा एउटै सभापतिको उम्मेदवार बनाउने पक्षमा आफू रहेको समेत बताउनुभयो । ‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ । यसअघि पनि म उम्मेदवार रहिसकेकाले म स्वभाविक उम्मेदवार हुँ, पौडेलले भन्नुभयो अरु साथीहरुले पनि इच्छा देखाउनु भएको छ । अन्तिममा एकजना उम्मेदवार बनाएर अघि बढ्छौं ।’
पत्रकारसँगको भेटघाटपछि वरिष्ठ नेताले बाँकेका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !