बाढी तथा डुबान पीडित सडकमा रात बिताउँदै

बसन्तकुमार उपाध्याय
(कैलाली र बर्दिया स्थलगत)
बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न शुक्रबार बर्दियाको राजापुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘बाढी तथा डुबानबाट पीडित भएकाहरुलाई दिर्घकालिन रुपमा ब्यवस्थापन गर्न मन्त्रीपरिषदको बैठकबाट थप निर्णय गर्ने छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्लाको पछिल्लो अवस्थाबारेमा जानकारी गराउनु भयो । प्रजिअ सुनारले बर्दियामा ५१ प्रतिशत काटेको धान क्षति भएको जानकारी गराउनु भएको थियो । हेलिकप्टरमा बाढी तथा डुवान क्षेत्रको निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो राजापुर अवतरण गर्नु भएको थियो ।
यसबीचमा बाढी तथा डुबान पीडित सडकमा रात बिताउन विवश छन् ।
घरबार डुवान भएपछि हुलाकी सडकको छेउमा रात कटाईरहेका टिकापुर -८ का तर्कबहादुर ठकुल्लाको परिवारले सरकारले गरिव जनताका लागी तत्काल राहत दिएर जनताको ज्यान जोगाउन अनुरोध गरेका छन् ।


घर डुबानमा परेपछि ११ जना परिवार रहेको ठकुल्ला परिवार २ रात छिमेकीको घरमा रात बिताउन बाध्य भए । बाढीको पानी त कट्यो यतिबेला ठकुल्ला परिवार सडकमा चुल्हो बालेर साँझ विहानको जोहो गरिरहेका छन् ।
घर डुबान भएपछि राखिएको अनाज सबै काम नलाग्ने भयो सडकमा भात पकाईरहेका कैलालीका डुवान पीडित भन्छन्, ‘अब खाने के हो थाह छैन, पिउने पानी छैन । राहतका नाममा त्रिपाल पाइएको छ ।’
त्यसैगरी खेतमा बाढीले डुबाएको धान उठाउँदै गरेकी बर्दिया राजापुर-३ तेघ्रीका रुक्मनि थारु भन्नुहुन्छ, ‘घरमा भएको खाने कुरा पनि छैन, खेतमा भएको बर्षभरी खाने पनि डुबायो ।’
बेमौषमी बर्षासँगै आएको पानीले कर्णाली नदिको वहाव अहिले सम्मकै बढी मापन भयो । सत्तिघाटमा अहिले सम्मकै उच्च हाई फ्लुड लेबल १३.१० क्युविक मिटर पुगेको थियो ।
यसैबीच शुक्रबार बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउबा शुक्रबार बर्दियाको राजापुर पुगेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !