सात जना थपिए, सातै जना निको भए

नेपालगञ्ज – बाँकेमा शुक्रबार सात जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा एक सय एघार जनाको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ५२ जनामा ५ जना, कोहलपुर मेडिकल कलेजमा २६ जनामा एक जना र बागेश्वरी ल्याबमा ३३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । कोरोना पुष्टि भएका सात जनामध्ये बाँके जिल्ला निवासी ६ जना रहेका छन् ।
जिल्लामा ६ जना सिकिस्त, २२ जना मध्यम र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार सात जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !