मन्त्री हमाललाई सम्मानै–सम्मान

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ ले लुम्विनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रवहादुर हमाललाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
शुक्रबार जामा मस्जिदमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मो. अयुव सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको भन्दै वडाको समग्र विकास निर्माणका लागि वडाबासीका तर्फबाट मन्त्री हमाललाई विभिन्न मागपत्र प्रस्तुत गर्नुभयो ।
सो अवसरमा मन्त्री हमालले वडा नम्बर ३ सँग आप्mनो भावनात्मक सम्बन्ध जोडिएको भन्दै सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अविरल बर्षातका कारण प्रभावित किसानालाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।


सो अवसरमा मन्त्री हमालले वडा कार्यालयका तर्फबाट अति असक्त अपाङ्गता भएका २५ जनालाई खाद्यान्न सामाग्री सहयोग गर्नुभयो ।
हमाललाई नेपाली कांग्रेस, वडा नं. ११ ले पनि सम्मान गरेको छ । वडा नं. ११ का बुथ सभापति अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वनमन्त्री हमाल र पूर्वमन्त्री गजेन्द्र हमाललाई सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !