वन मन्त्री हमाललाई स्वागत तथा बधाई

नेपालगञ्ज – नेपाल लोकतान्त्रिक खेलकुद संघ, लुम्बिनी प्रदेशले नेपालगञ्ज निवासी लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाललाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
ओलम्पियन वन मन्त्री हमालले खेलकुद मन्त्रालय आफ्नो नभएपनि खेलकुदका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । ‘खेलले अनुशासन सिकाउँछ । शहरको परिचय दिन्छ, मन्त्री हमालले भन्नुभयो, जिल्लाको खेलकुद विकासमा मेरो पूर्ण साथ र सहयोग रहन्छ ।’


कार्यक्रममा मन्त्री हमालले बाढीले धानबालीमा ठूलो क्षति पु¥याएकाले प्रदेशबाट राहतका लागि पहल गर्ने बताउनुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति किरण कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनको आयोजना गर्ने क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले मन्त्री हमाललाई बधाई तथा शुभकामना दिदै जिल्लाको समग्र विकासका लागि अग्रसरता लिन आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !