हुद्दाले दिए विरामीलाई रगत

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक, राँझाका हुद्दा हेमकर्ण चुहानले कोहलपुर मेडिकल कलेजको आइसीयूमा उपचाररत विरामी सुजिता चौधरीलाई रगत दिएका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ८ की २५ वर्षीया चौधरीलाई जन्डिस, टाइफाइड, निमोनिया भएका कारण रगत आवश्यक भएको थियो । ए पोजिटिभ रगत चाहिएर विभिन्न ठाउँमा खोज्दा नपाएपछि निराश बनेका चौधरीका आफन्ती ब्यारेकको गेटमा आएर अनुनय विनय गरेका थिए । विरामी चौधरीलाई नेपाली सेनाका हुद्दा चुहानले कोभिडको पोर्टकललाई पूर्णरुपमा पालना गरी रगत दिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिनुभयो ।
गरीव, विपन्नहरु रगतका लागि कतैबाट सहयोग जुटेन भने नेपाली सेनाको शरणमा जाने गरेको पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !