एकको मृत्यु, ६ जना थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरीमा उपचारको क्रममा बर्दियाका ३८ वर्षीया महिलाको मृत्यु भएको छ ।
बर्दिया बाँसगढी नगरपालिका वडा नं. ९ का ३८ वर्षीया महिलाको आइतबार विहान मृत्यु भएको छ । असोज २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान साढे सात बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय २४ जनाको मृत्यु भएको छ ।
यसैबीच, आइतबार बाँकेमा ६ जनालाई कोरोना देखिएको छ । यहाँका तीन वटा ल्याबमा ४५ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये ४ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा १० जनामा एक जना, कोहलपुर मेडिकल कलेजमा २४ जनामा ५ जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ११ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन । जिल्लामा आइतबार १४ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !