एक सय ५३ जनाले कान देखाए, १३ जनाको निःशुल्क शल्यक्रिया हुने

नेपालगञ्ज – डुडुवा गाउँपालिकाको हिरमिनियामा सम्पन्न निःशुल्क कान शिविरबाट एक सय ५३ जना लाभान्वित भएका छन् ।
एसओएस युवालय नेपालगञ्जको मुख्य संयोजनमा कान शिविर भएको हो । सो शिविरमा ८० जना पुरुष तथा ७३ जना महिला समेत एक सय ५३ जनाको परीक्षण गरिएको थियो । ती मध्ये ३४ जना कान पाक्ने रोग, ३९ जनामा काने गुजी भरिएको, ११ जना कान कम सुन्ने विमारी रहेको पत्ता लागेको थियो । ३४ जना कान समस्या भएका मध्ये निम्न आय भएका १३ जनालाई गणेशमान चोक स्थित सिद्धार्थ अस्पताल बीएन सामुदायिक कान उपचार सेवाले सहुलियत दरमा शल्यक्रिया गर्ने सो संस्थाका प्रवन्ध सञ्चालक रामबहादुर बुढाले जानकारी गराउनु भयो । शिविरमा कानका विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
एसओएस युवालय नेपालगञ्जमा आवद्ध रहेका एसओएस युवा क्लब नेपालगञ्ज, लियो क्लब अफ नेपालगञ्ज सेन्ट्रल तथा लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रलको संयुक्त आयोजनामा र बीएन सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त निःशुल्क कान शिविरमा डुडुवा गाउँपालिका वार्ड नं.६ हिरमिनियाको विभिन्न गाउँबाट कानका विरामीहरुले कानको जाँच गराएका थिए ।
उक्त शिविरमा प्राविधिक टोलीहरुमा नाक, कान घाँटी रोगका विशेषज्ञ डा. रवि स्वाँर, कान चिकित्सक रामबहादुर बोहरा, भेरी अस्पतालका स्टाफ नर्स स्मारिका श्रेष्ठ, सि.एम.ए.द्वय यमुना बुढाथोकी र विष्णु ओली, सि.एम.ए. परीक्षार्थी गोविन्द बोहोरा लगायतले सहयोग गरेको एसओएस युवालय नेपालगञ्जका नायव निर्देशक तुलाराम विश्वासले बताउनु भयो ।
शिविर शुरु हुनु अघि लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष विष्णु बहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रम हिरमनिया स्वाथ्थ चौकी कार्यवाहक प्रमुख ओम प्रकाश सिंहको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा लियो क्लब अफ नेपालगञ्ज सेन्ट्रलका तेस्रो उपाध्यक्ष दुर्गा धामी तथा एसओएस युवा क्लबका उपाध्यक्ष इन्द्रबहादुर बुढाले पनि संयुतm अध्यक्षता गरेका थिए । सो कार्यक्रममा एरिया ६ का डेपुटी चिफ ला. सन्तोष पौडेल, रिजन चेयरपर्सन तुलाराम विश्वास, लायन्स क्लब अफ नेगका कोषाध्यक्ष एलिजा पौडेल, सदस्य सिमा विश्वास तथा इष्टकुमार श्रेष्ठ साथै लियो विशाल सुनार, देवराज नेपाली, नारायणी कोइराला, बलीराम, जयरुपा बुढा, मीना बिसी, एसओएस युवालयका काउन्सिलर लक्ष्मण खनालको पनि उपस्थिति रहेको थियो ।
साथै सो शिविरको रुपरेखा तयार गरेर व्यवस्थापन तथा औषधी खरीद गर्ने एसओएस युवालय नेपालगञ्जका नायव निर्देशक तथा रिजन चेयर पर्सन ला. तुलाराम विश्वासले गर्नु भएको थियो भने एसओएस युवालयका युवा तथा संस्थाका क्लब सदस्य तथा नर्स भिमा बस्नेतले सञ्चालन गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !