२२ जनालाई कोरोना पुष्टि
नेपालगञ्ज – बाँकेमा एक सय २९ जनाको परीक्षण गर्दा २२ जनालाई कोरोना पुष्टि भएको छ ।
यहाँका तीन वटा ल्याबमा कोरोना परीक्षण गरिएको थियो । भेरी अस्पतालमा ८५ जनाको परीक्षण गर्दा २० जना र बागेश्वरी ल्याबमा १९ जनाको परीक्षण गर्दा २ जनामा कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा २५ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन ।
कोरोना पुष्टि भएका २२ जनामा बाँके जिल्ला निवासी १५ जना रहेका छन् । बिहीबार जिल्लाबाट तीन जना डिस्चार्ज भएका छन् ।