दुई वटा ल्याबमा कोरोना शून्य

नेपालगञ्ज – बाँकेको दुई वटा ल्याबमा आइतबार परीक्षण गरिएका व्यक्तिमा कोरोना देखिएन । यहाँका तीन वटा ल्याबमा ६७ जनाको परीक्षण गर्दा दुई जनामा मात्रै कोरोना पुष्टि भएको छ । दुई वटा ल्याबमा कोहीलाई पनि कोरोना देखिएन ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा २६ जना र बागेश्वरी ल्याबमा २० जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । पछिल्लो दिनमा कोरोना परीक्षण र संक्रमण दर घटेको छ ।
कोरोना पुष्टि भएका दुवै जना बाँके जिल्लावासी हुन् । जिल्लामा हाल ८० जना सक्रिय संक्रमित रहेका छन् । आइतबार चार जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !