भेरीमा दुई संक्रमितको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सल्यान र दाङका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
सल्यान दार्मा गाउँपालिका वडा नं. ६ का ३० वर्षीया महिलाको गएराती १.३० बजे मृत्यु भएको छ । असार १७ गते भेरी अस्पतालमा भर्ना गरिएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । लामो समयसम्म उपचारमा रहेकी महिलाको मृत्यु भएको छ ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. १ का ५८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । भदौ ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ४ सय ३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !