नेपालगञ्ज र काठमाडौंको सुन पसलमाथि छानबिन
नेपालगञ्ज – गत शुक्रबार नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो सुनको अनुसन्धानमा नेपालगञ्जका तीन र काठमाडौंको एउटा सुन पसल परेका छन् । राजश्व अनुसन्धान कार्यालयले चार वटै सुन पसलबाट कागजात नियन्त्रणमा लिएको छ ।
झापाका अमिरलगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीले जुत्ताभित्र राखेर ल्याएको चार किलो २१.४९ ग्राम सुन विमानस्थलबाट बरामद भएपछि नेपालगञ्जका नेपाल ज्वैलर्स, नेपाल आभुषण भण्डार र सन्जीत ज्वैलर्स तथा काठमाडौंको बुद्ध ज्वैलरी वर्कसप प्रालि छानबिनको दायरामा परेका हुन् । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख सरोज पोखरेलले चार वटै सुन पसलबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
बुद्ध ज्वैलरी वर्कसपले आफ्ना कालीगढ विश्वकर्मा र खातीमार्फत नेपालगञ्जका तीन वटा सुन पसलका लागि सुन पठाएको दावी गरेको छ । नेपालगञ्जका सुन पसलले पनि आवश्यक कागजात देखाएको बुझिएको छ ।
विमानस्थलबाट प्रहरीले सुन बरामद गरेपछि राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाएको थियो । राजश्व अनुसन्धान कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, सुन सक्कली हो । बेच्ने र लिनेको कागजात हेर्दैछौं ।’
बैधानिक सुन थियो भने जुत्ताभित्र लुकाएर किन ल्याउनु प¥यो ? राजश्व अनुसन्धान कार्यालयका कर्मचारीको प्रश्नमा विश्वकर्मा र खातीले आफूहरुले जहाँ पु¥याउन जादा पनि त्यसरी नै गोप्य तरिकाले लैजाने गरेको जवाफ दिएका छन् । उनीहरुका अनुसार, बैंकबाट सुन लिएर पसलमा आउदा पनि त्यसरी नै जुत्ताभित्र राखेर ल्याइन्छ ।
कालीगढ भनिएका विश्वकर्मा र खातीको कुरालाई विश्वास मान्ने हो भने सुन ओसारपसार जुत्ताभित्र राखेर गरिदोरहेछ । उनीहरुले बहुमूल्य भएकाले झोलामा राख्दा असुरक्षित हुने जवाफ दिएको बुझिएको छ । झोलामा राखेर काखमै राख्न पनि सकिन्थ्यो । बेच्ने र किन्नेहरुले बिल देखाउने प्रयास गरेपनि यो सुन काण्डमा धेरै प्रश्नहरु उब्जिएका छन् । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख पोखरेलले नेपालगञ्ज र काठमाडौंमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘काठमाडौंको सुन पसलले कहाँबाट कसरी ल्याएको थियो । त्यो पनि हेर्दैछौं, प्रमुख पोखरेलले भन्नुभयो, कालीगढ भनिएका विश्वकर्मा र खातीलाई म्याद थप गरेका छौं ।’
शुक्रबार साढे तीन बजे श्रीएयरमा नेपालगञ्ज विमानस्थलमा ओर्लिएका विश्वकर्माले दाया-बाया जुत्तामा दुई-दुई विस्कुट र खातीले लगाएको दाया-बाया जुत्ताको तलुवामा एक-एक पिस विस्कुट गरी तीन किलो ९ सय ९४ ग्राम सुन र खातीले बोेकेको लेदरको कालो रंगको झोलामा तिलहरी एक थान, बाला एक थान, गणेश लकेट ५ थान गरी २७.४९ ग्राम सुन राखेका थिए ।