सदस्यता वितरणमा तरुण दल राप्तीसोनारी ८ को असन्तुष्टि
नेपालगञ्ज – तरुण दल, राप्तीसोनारी गाउँपालिका वडा नं. ८ वडा समितिले प्रक्रिया पूरा गरेर पठाएका व्यक्तिको नाम क्रियाशील सदस्यमा छुटेको भन्दै असन्तुष्टि जनाएको छ ।
नियमानुसार फाराम भरेर पठाइएको वडा समितिका सभापतिलगायतको नाम छुटेपछि तरुण दलले असन्तुष्टि जनाएको हो ।
वडा समिति सभापति धनवीर कामी र सचिव रामबहादुर विकले आइतबार नेपाली कांग्रेस वडा नं. ८ का इकाई सभापति खुमबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलले भनेको छ, ‘अविलम्ब वडा समितिले सिफारिस गरेका ८३ जनाको नाम वडाले भरी पेश गरेको अनुसूचि अनुसार नै हुबहु क्रियाशील सदस्यता प्रदान गरी दिनको लागि नेपाली कांग्रेस, राप्तीसोनारी ८ नम्बर वडा समितिमार्फत छानबिन समितिलाई ध्यान आकर्षण गराउँदछौं ।’
तरुण दलले प्रक्रिया पुगेकालाई क्रियाशील सदस्यता नदिएमा त्यसका विरुद्धमा लाग्ने चेतावनी दिएको छ ।