एकै दिन पीसीआर र भर्ना, उही दिन मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बर्दिया र कैलाली जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलालीका ५२ वर्षीया महिला र बर्दियाका ७० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
कैलाली भजनी नगरपालिका वडा नं. ६ का ५२ वर्षीया महिलाको भदौ ७ गते पीसीआर गरिएको थियो । उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । राती ८ बजे उनको मृत्यु भएको छ ।
बर्दिया मधुवन नगरपालिका वडा नं. ४ का ७० वर्षीया महिलाको राती १.३० बजे मृत्यु भएको छ । भदौ २ गते बर्दियामा पीसीआर गरिएका उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय ९५ जनाको मृत्यु भएको छ ।