ठूलो मात्रामा लागु औषधीसहित महिला पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा लागु औषधीसहित महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्क रोडमा रहेकी हुम्ला नाम्खा गाउँपालिका वडा नं. १ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई लागु औषधी ब्राउनसुगर र नाइट्राजेपामसहित पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार, तामाङले लगाएको सुरुवालको दायातर्फको खल्तीमा सेतो प्लाष्टिकभित्र रहेको ६ ग्राम ब्राउनसुगर, उनले भिरेको भन्टा कलरको झोलाभित्र ५ वटा बट्टाभित्र एक हजार ५ सय १५ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको हो ।
तामाङका बारेमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ ।
यसैबीच, बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५, शहीदगेट नजिकबाट खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई २७ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहि प्रहरीले पक्राउ गरेको छ । यादवले कालो हापपेन्टको अगाडिको खल्तीमा ३० वटा पुडिया बनाएको लागु औषधी राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !