कोरोनाबाट मृत्यु भएकाका परिवारलाई राप्तीसोनारीले एक लाख दिने

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैया दिने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यपालिका बैठकले विविध निर्णय गर्ने क्रममा कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैया दिने निर्णय गरेको हो ।
कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति उपलब्ध गराउदा केही राहत हुने भएकाले पालिकाले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।
बैठकले ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचय वितरण गर्ने कामका लागि वडा नं. ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ । गतवर्ष आईई भएकामध्ये झिझिरी र परुवाबाहेक अरु खोला नालाबाट नदीजन्य पदार्थ बिक्रीका लागि टेण्डर आव्हान गर्ने निर्णय भएको छ । पालिकामा रहेका खरको छाना भएका घरको विवरण लिने र त्यसको विवरण जिल्ला समन्वय समिति पठाउने निर्णय भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !