बाँकेमा १९ जनालाई कोरोना देखिदा कोहलपुरका १३ जना परे
नेपालगञ्ज – बाँकेको कोहलपुरमा केही दिनयता कोरोना संक्रमित बढी देखा परिरहेको छ । यो क्रम आज पनि जारी रह्यो ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ६३ जनाको परीक्षण गरिएकोमा ३९ जनामा कोरोना देखियो । त्यसमध्येमा बाँकेका १९ जना रहेका छन् । कोहलपुरका १३ जना रहेका छन् । बैजनाथ र राप्तीसोनारी दुई÷दुई जना, नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका एक÷एकजना रहेका छन् ।
भेरी अस्पतालमा ९७ जनाको परीक्षण गर्दा १६ जना, कोहलपुर मेडिकल कलेजमा ५० जनामा २२ जना र बागेश्वरी ल्याबमा १६ जनाको परीक्षण गर्दा एकजनालाई कोरोना देखिएको छ । जिल्लामा सक्रिय संक्रमित एक सय ७० जना रहेका छन् । अस्पतालमा १५ जना सिकिस्त, ३४ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मंगलबार १७ जना डिस्चार्ज भएका छन् ।