बाँकेमा १५ जना थपिदा कोहलपुरका १३ जना परे

नेपालगञ्ज – केही दिनयता बाँकेको कोहलपुरमा कोरोना संक्रमित अलि बढि देखिएको छ । गएराती एकजनाको मृत्युसमेत भएको थियो ।
शनिबार जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा २८ जना संक्रमित थपिएका छन् । त्यसमा बाँके जिल्लाका १५ जना रहेका छन् । बाँकेका १५ जनामा कोहलपुरका १३ जना रहको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा ४० जनाको परीक्षण गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा ५१ मा २० र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा सक्रिय संक्रमित एक सय ७५ जना पुगेका छन् । अस्पतालहरुमा ३५ जना सिरियस, ३३ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार २२ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !