कोरोना जाँच गरेका युवा मृत फेला
नेपालगञ्ज – नेपालगञ्जमा बेवारिसे शव फेला परेको छ ।
नेपालगञ्ज बसपार्कमा २३-२४ वर्षको युवक मृत फेला परेका हुन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले युवकको शव फेला परेकाले सोधीखोजी थापिएको बताए ।
मृतकको साथमा २५ गते नेपालगञ्जको जमुनाहामा कोरोना जाँच गरेको पर्चा फेला परेको छ । त्यसमा उनको नाम श्याम राई लेखिएको छ । यदि त्यो पर्चा साँचो हो भने उनी भारतबाट नेपाल फर्किएको हुन सक्छ । नेपालगञ्जमा भारतबाट फर्किने नेपालीको नाकामा स्वास्थ्य जाँच हुन्छ । शंकास्पदको एन्टिजेन जाँच गरिन्छ । कतिपय चाहि निशुल्क जाँच हुने भएकाले जमुनाहा पुगेको पनि पाइन्छ ।