बर्दियाका ७० वर्षीयको भेरीमा मृत्यु

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ ।
बर्दिया गेरुवा गाउँपालिका वडा नं. ५ का ७० वर्षीयको भेरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन ९ गते बर्दियामा पीसीआर गरिएका उनलाई ११ गते भेरीमा भर्ना गरिएको थियो । उनको गएराती मृत्यु भएको छ ।
योसँगै बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३ सय ८१ पुगेको छ । केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गर्न आएका व्यक्तिको दैनिकजसो नै मृत्यु भइरहेको छ । यहाँका अस्पतालमा उपचार गराइरहेका संक्रमित पनि बाहिरी जिल्लाका बढी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !