३१ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा ३१ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ३ सय ६० जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको कोरोनाका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो । त्यसमध्येमा बाँके जिल्ला निवासी १५ जना रहेका छन् ।
भेरी अस्पतालमा २ सय ५५ जनाको परीक्षण गर्दा २१ जना, कोहलपुर मेडिकल कलेजमा ६७ जनामा १० जनामा कोरोना पुष्टि भएको छ । बागेश्वरी ल्याबमा ३८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको थिएन ।
बाँकेमा सक्रिय संक्रमित ४३ जना रहेका छन् । अस्पतालमा सिकिस्त ९ जना, मध्यम विरामी १० जना र भेन्टिलेटरमा चार जना रहेका छन् । सोमबार दुई जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !