अब माता बागेश्वरीको धम्बोझीबाट कारोबार
नेपालगञ्ज – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबारदेखि नयाँ कार्यालयबाट कारोबार शुरु गरेको छ ।
विधिपूर्वक पूजा गरेर सहकारी धम्बोझीमा सरेको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफस्कून) का केन्द्रीय महासचिव दामोदर अधिकारी, राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य विजया धिताल, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यष अब्दुल वाहिद मन्सुरी, बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, जनता समाजवादी पार्टी, बाँकेका अध्यक्ष कमरुद्दिन राईलगायतको उपस्थितिमा माता बागेश्वरीले नयाँ कार्यालयबाट कारोबार शुरु गरेको हो ।
सहकारीका अध्यक्ष रसीद अहमद कुरैसीका अनुसार, आर्थिक वर्ष २०७७-७८ मा संस्थाले २३ करोड २८ लाख ९० हजार ५ सय ३४ रुपैया कारोबार गरेको छ । ९२ लाख १८ हजार २ सय ५ रुपैया आम्दानी भएको छ ।
प्रवन्धक अम्बिका काफ्लेले ५ हजार ३७ जना शेयर सदस्य रहेको माता बागेश्वरीले यो वर्ष ७ सय ५५ जना थप्ने लक्ष्य लिएको छ । संस्थाको कुल सम्पति ६ करोेड ४४ लाख ७६ हजार ९ सय ७७ रुपैया रहेको छ ।
माता बागेश्वरी २०६८ सालमा स्थापना भएको हो । २०७३ सालमा क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण भएको थियो । संस्थाले कोरोना महाकारीका बेलामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीका अनुसार, बाँकेमा ४ सय १० वटा सहकारी रहेका छन् । ३ लाख ७५ हजार सदस्य रहेका छन् । सहकारीले तीन हजार दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । ५० वटा सहकारीले उत्पादनमा जोड दिइरहेका छन् ।