१२ जनालाई कोरोना, दश जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा १२ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये बाँके जिल्ला निवासी तीन जना रहेका छन् ।
भेरी अस्पतालमा ७७ जनाको जाँच गर्दा सात जना र कोहलपुर मेडिकल कलेजमा ३१ जनाको जाँच गर्दा ५ जनालाई कोरोना पुष्टि भएको हो ।
बाँकेमा ५९ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा आठ जना सिकिस्त, १२ जना मध्यम र चार जना भेन्टिलेटरमा रहेका छन् । सोमबार दश जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !