धम्बोझीमा ब्याडमिन्टन कोर्ट बन्दै

नेपालगञ्ज – धम्बोझीमा लाखौंको लागतमा ब्याडमिन्टन कोर्ट बनाउन शुरु गरिएको छ ।
संघीय कार्यान्वयन इकाई बाँकेको कार्यक्रमअन्तर्गत सघन शहरी विकास कार्यक्रमको सहयोगमा धम्बोझीको वाटरपार्क छेउमा ७० लाख बढीको लागतमा ब्याडमिन्टन कोर्ट बनाउन थालिएको हो । कोर्टको बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले विधिपूर्वक पूजा गरेर शुभारम्भ गर्नुभयो ।
वडाले संरक्षण गरेको सार्वजनिक जग्गामा ब्याडमिन्टन कोर्ट बनाउन थालिएको हो । वडाध्यक्ष रिजालले सबै खेलकुदको संरचना बनाउने क्रममा धम्बोझीमा ब्याटमिन्टन कोर्ट बनाउन थालिएको बताउनुभयो ।


ब्याडमिन्टन कोर्ट ५ महिनाभित्र बनिसक्ने बताइएको छ । वडाध्यक्ष रिजालको विशेष पहलमा धम्बोझीमा फुटबल एकेडेमीलगायतका संरचना बनिसकेको छ ।
ब्याडमिन्टन कोर्टको शुभारम्भ कार्यक्रममा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, प्रशिक्षक रविन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !