एक सय ६१ मा २६ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ६१ जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ७९ जनाको जाँच गर्दा २४ जना, कोहलपुर मेडिकल कलेजमा ४० जनाको परीक्षण गर्दा २ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ४२ जनाको जाँच गर्दा कोहीलाई पनि कोरोना देखिएन । कोरोना पुष्टि भएका २६ जनामा ७ जना बाँके जिल्लाका रहेका छन् ।
जिल्लामा सक्रिय संक्रमित ६५ जना पुगेको छ । अस्पतालहरुमा १४ जना सिकिस्त, २७ जना मध्यम र चार जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोनाका लागि छुट्याइएका ८३ प्रतिशत बेड खाली भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !