महिला स्वयंसेविकालाई साइकल

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वयंसेविकालाई साइकल दिएको छ ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि उपमहानगरपालिकाले साइकल उपलब्ध गराएको हो । नेपालगञ्जमा कार्यरत दुई सय एक जना मध्ये एक सय ६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशमशेर राणाले साइकल हस्तान्तरण गर्नुभयो ।
महिला स्वास्थ्य स्वयमसेविकालाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साइकल सहयोग गरिएको नगर प्रमुख राणाले बताउनुभयो ।
३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !