दुई दिने जेसी कार्यशाला

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला शुरु भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्वनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले शुक्रबारदेखि दुई दिने कार्याशाला शुरु गरेको हो ।
गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण जेसीको अवधारणालाई कार्यन्वयन गर्न स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न लागिएको हो । कार्यशालामा अधिबक्ता विश्वजित तिवारीले सहजीकरण गर्नु भएको छ ।
यो कार्यशाला पश्चात गाउँपालिकामा जेसी फोकल पर्सन चयन, जेसी नीति निर्माण, समिति निर्माण गरि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना निर्माण गरिएको छ । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँपालिकालाई जेसी नीतिको आवश्यकता रहेको भन्दै यो कार्यलाई प्रभावकारी कार्यन्वयन गर्न गाउँपालिकाले बजेट विनियोजन गरि अघि बढने प्रतिबद्धता गर्नुभयो ।
स्थानीय तहको हरेक स्थानमा जेसीको अवधारणालाई लागु गरि महिला, दलित, अल्पसंख्यक, मुस्लिम तथा पछाडी परेका समुदायहरुको अर्थपूर्ण सहभागिता गराउन नीतिको आवश्यकता रहेको छ । कार्यशालामा कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न शाखा प्रमुख तथा कर्मचारीलगायतको सहभागिता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !