रातीमा अनावश्यक हिड्नेलाई समात्दै बाँके प्रहरी

नेपालगञ्ज – बाँके प्रहरीले रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिन थालेको छ ।
बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, गएराती २२ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्लामा चोरीका घटना बढेकाले रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने अभियान थालेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
‘रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने अभियान थालेका छौं, प्रवक्ता न्यौपानेले भन्नुभयो, जरुरी काम नै परेका व्यक्तिलाई केही गर्दैनौ । अनावश्यक हिडेका छन् भने उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्छौ ।’
नेपालगञ्जमा लागु औषधी र चोरीका घटना बढी छन् । प्रहरीको बुझाईमा काम नपरी आधा रातमा हिड्नेहरु सही हुँदैनन् ।
प्रहरीले एक रात नियन्त्रणमा राखेका २२ जनालाई सोधपुछ गरेर छोड्ने प्रक्रिया अघि बढाएको छ । तीमध्येमा तीन जनालाई विद्युत कार्यालयमा केही समस्या रहेकाले उता पठाइएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !