किसानलाई मिनि ट्रिलर वितरण

नेपालगञ्ज – बैजनाथ गाउँपालिकाले किसानलाई मिनि ट्रिलर वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पचास प्रतिशत अनुदानमा किसानलाई मिनि ट्रिलर वितरण गरेको जानकारी दिनुभयो ।
एउटा ट्रिलरको लागत ४३ हजार ७ सय ५० रुपैया रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले ८० जना किसानलाई मिनि ट्रिलर वितरण गरेको बताउनुभयो । मिनि ट्रिलर वितरणमा वडाध्यक्ष मनबहादुर खत्रीको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !