९२ जनाको जाँच गर्दा आठ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा आठ जनालाई कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा ९२ जनाको परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा ५ जना बाँकेका रहेका छन् ।
भेरीमा ३७ जनाको परीक्षण गर्दा सात जना, बागेश्वरी ल्याबमा २४ जनाको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको थियो । कोहलपुर मेडिकल कलेजमा ३३ जनाको परीक्षण गर्दा कोही पनि पोजिटिभ देखिएनन् ।
बाँकेमा ४९ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १२ जना सिकिस्त, २६ जना मध्यम र ५ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !