पाटे बाघको छालासहित दुई पक्राउ

नेपालगञ्ज – बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, बाँकेको टोलीले बैजनाथ गाउँपालिका वडा नं. ४, तिलकपुरस्थित सडकमा हिडिरहेका व्यक्तिको साथबाट पाटे बाघको दुई थान छाला बरामद गरेको जनाएको छ ।
अछाम मेललेख गाउँपालिका वडा नं. ३ का डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नं. ५ का नन्दु बुढालाई प्रहरीले पाटे बाघको छालासहित पक्राउ गरेको हो । उनीहरुले बोकेको झोला खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटे बाघको छाला बरामद भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !