४१ लाखको सडक शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक बर्माले ४१ लाखको सडक शिलान्यास गर्नु भएको छ ।
वडा कार्यालयको ४१ लाख रुपैयाको लागतमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरि वडाध्यक्ष बर्माले कारकादोस्थित सुर्खेतरोडदेखि ट्राभेल भिलेज पूर्वतर्फको सडकको कालोपत्रे सडकको शिलान्यास गर्नुभयो ।
वडाध्यक्ष बर्माका अनुसार, आरसीसी ड्रेन ढक्कन सहितको सडक निर्माण कार्य २३ वटै वडामा पहिलो पटक वडाको बजेटबाट निर्माण हुन लागेको छ । अस्फाल्ट प्रविधिबाट नेपालगञ्जमा वडा कार्यालयको लगानीमा पहिलो पटक कारकादौंमा सडक निर्माण शुरु भएको हो ।
स्थानीयवासीले विकास निर्माण कार्यमा देखाएको सक्रियताको सह्राना गर्दै वडा अध्यक्ष बर्मा र वडा सदस्य दिग्विजय ढुंगानालाई सम्मान गरेका थिए । नेपालगञ्ज १८ मा बन्दाबन्दीका समयमा समेत सडक निर्माण लगायतका अन्य विकासका कार्यले निरन्तरता पाएका छन् । वडा अध्यक्ष वर्माले असार भित्रै निर्माण सम्पन्न गर्ने गरि थप दुई वटा सडकको कालोपत्रेको काम शुरु हुने बताउनुभयो । पछिल्लो पटक कारकादोमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । वडाध्यक्ष बर्माका अनुसार, सिक्टा सिंचाई आयोजनासँगैको सडक, होटल सिद्धार्थ भ्यू पछाडीको सडक, दुर्गा भवानी टोल, पशुपतिनगर टोल र लग्दहवादेखि बसपार्क जोड्ने सडक शिलान्यास भई कालोपत्रेको कार्य भइरहेको छ । चालु आवमा मात्रै आधा दर्जन बढि सडकको कालोपत्रेको काम भइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !