बाहिरी जिल्लाका थप चार जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बर्दिया, सल्यान, प्यूठान र दाङ जिल्लाका छन् ।
बर्दिया ठाकुरबाबाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १३ गते भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । सल्यान बागचौर नगरपालिका वडा नं. ३ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते पीसीआर गरेका उनलाई २० गते भर्ना गरिएको थियो ।
प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं. ४ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो । दाङ लमही नगरपालिका वडा नं. ४ का ५८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ९ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या तीन सय ६ जना पुगेको छ । दुई दिनयता बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मात्रै मृत्यु भइरहेको छ । जिल्लामा मृत्यु र संक्रमित दर घट्दै गएको छ । जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले ५७ घण्टायता बाँकेमा जिल्लावासी कसैको मृत्यु नभएको जानकारी दिए ।